
काठमाडौं । मनलाग्दी गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा निकायकै हाकिमको मिलेमतोमा नदी दोहन भइरहेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने कुटिल बहानामा खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन गरेको हो ।
नदी वरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी केही समुहले कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन् ।
जिल्ला समन्वय समिति धनुषाले २०७५ फागुन ३० मा गणेशमान चारनाथ नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ, ‘त्यस नगरपालिकाबाट २०७५ माघ ८ गते च नं ७७२ प्राप्त पत्रमा कमला नदीको बीचभागमा पानीको बहाव फर्काउने जेसिबी एक्साभेटर प्रयोगका लागि माग भएको जानकारी प्राप्त भयो ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।