Logo
Logo

प्रधानमन्त्री ओली फ्रान्स तर्फ



प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमण सकेर फ्रान्स तर्फ लागेका छन् । बेलायतमा उनी लण्डनस्थित नेपाली राजदूताबासमा आयोजित कार्यक्रममा सरिक भए । दूतावासमा उपस्थित नेपालीलाई सम्बोधन गर्दै उनले वेलायतमा कमाएको सीप, ज्ञान तथा सम्पत्ति लिएर नेपाल फर्किन आह्वान गरे ।
सन् १८१६ मा शुरु भएको दुई देशबीचको औपचारिक दौंत्य सम्बन्ध आफ्नो भ्रमणले अझ प्रगाढ भएको प्रधानमन्त्रीले दाबी गरे । प्रधानमन्त्री ओलीले नेपालीहरु वीर हुन् भन्ने कुरा बेलायतले सबैभन्दा पहिले चिनेको जनाउँदै गोर्खालीहरुको कर्तव्य, निष्ठा र अनुशासासित भएको चर्चा गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मान र स्वागतका लागि बेलायतका विभिन्न शहरहरुबाट सयौं नेपालीहरु लण्डनस्थित नेपाली राजदूताबासमा उपस्थित भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?