Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

बैंकरले मागे आयकर छुट



आगामी वर्षको लागि आएको बजेटमा ठूला बैंकहरुलाई एक आपसमा मर्जरमा लैजान राष्ट्र बैंकले प्रोत्साहन गर्ने जनाएको छ । यसै अनुसार, पुँजीगत लाभकरमा दिने सहुलियतको समयसीमा केही बढाइएको छ । सेयर बिक्रीमा पुँजीगत लाभकर साढे ७ प्रतिशत लाग्ने व्यवस्था छ । सेयरधनीले एकीकृत कारोबार सुरु गरेको दुई वर्षसम्म सेयर बिक्री गर्दा पुँजीगत लाभकर छुट पाउँछन् । आगामी आर्थिक वर्षको लागि सरकारले लयाएको बजेटमा भने यसको सीमा तीन वर्ष पुर्याइएको छ ।
बैंकरहरु भने यत्तिमा मात्र सन्तुष्ट छैनन् । उनीहरुले बुधबार नेपाल राष्ट्र बैंकलाई आफ्नो सुझाव पेस गर्दै आयकर छुट हुनुपर्ने माग गरेका हुन् । बैंकहरुले तिर्ने आयकर हाल ३० प्रतिशत रहेको छ । ठूला बैंकहरु मर्जरमा जाँदा प्रोत्साहन स्वरुप निश्चित समयको लागि आयकर छुट हुनुपर्ने एसोसीएसनले माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्