Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

प्रनेश गौतमको गीरफ्तारी विरुद्धमा प्रदर्शन



प्रहरीले गौतमविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाएको छ । मंगलबार अपराध महाशाखाले एक हप्ताका लागि म्याद थप गरी उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । यसैबीच, सामाजिक सञ्जालमा प्रनेश प्रकरण चर्चामा पुगेको छ । कानुनका जानकारले युट्युब च्यानल सञ्चालकलाई विद्युतीय अपराधअन्तर्गत मुद्दा चलाइनुलाई ‘सरकारी रवैया’का रुपमा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा बढ्दो विकृति रोक्न प्रहरीले चालेको कदम स्वाभाविक भएको प्रतिक्रिया पनि दिने पनि उत्तिकै छन् ।
प्रनेशको रिहाइको माग गर्दै बुधबार माईतीघर मण्डलमा प्रर्दर्शन पनि भएको छ । रिहाइको माग गर्ने युवाहरुले चलचित्रकर्मीको गुण्डागर्दी अन्त्य हुनु पर्ने आसयको ब्यानर पनि प्रदर्शन गरेका थिए । गीरफ्तार हुने प्रनेश स्ट्याण्ड अफ कमेडियन हुन् ।

निर्देशक चाम्सले भने उजुरी दिनुको कारणबारे स्पस्टीकरण दिएका छन् । वुधबार पत्रकार सम्मेलन गर्दै उनले समीक्षाका नाममा मानहानि र गाली बेइज्जती गरेका कारण उजुरी दिएको बताएका हुन् । ‘प्रनेश गरेको फिल्म रिभ्यू होइन, गाली बेइज्जती हो’ उनले भने, ‘गालीबेज्जती गरेकै कारण उनी थुनामा परेका हुन् ।’

प्रतिक्रिया दिनुहोस्