

करेन्ट लागेर मंगलबार झापामा एक युवकको मृत्यु भएको छ । मेचीनगर नगरपालिका ११ बस्ने २५ वर्षीय कमल खड्काको विर्तामोडको बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पानी तान्ने मोटर चलाउँदा खड्कालाई करेन्ट लागेको थियो । मंगलबार दिउँसो आफ्नै घरमा रहेको पानी तान्ने मोटर चलाउने क्रममा खडकालाई करेन्ट लागेको थियो ।