Logo
०८ असार २०७८
(Tuesday 22nd June 2021)

साझा विवेकशील लोक सेवा आयोगको विज्ञापनकै पक्षमा



साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र संसदको राज्य व्यवस्था समितिले लोक सेवा आयोगको विज्ञापन खारेज गर्न दिएको निर्देशनविरूद्ध सडकमा उत्रिएका छन् । बुधबार राजधानीको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा मिश्रले भने, ‘आउनुस् घरमा स्टाटस लेखेर बस्ने र हामीलाई सुन्ने साथीहरू। यो विषय हाम्रो छोराछोरीसँग जोडिएको हो ।’

उनले राज्य व्यवस्था समितिले दिएको निर्देशन जायज रहेको जिकिर गर्दै संवैधानिक निकाय लोक सेवा आयोगलाई सो निर्देशन नमान्न सबैले दबाब दिनुपर्ने आग्रह गरे । राज्य व्यवस्था समितिले दिएको निर्देशन लोक सेवा आयोगले मान्न पर्ने बाध्यता नरहेको उनले प्रष्ट पारे । मंगलबार पनि समितिले दिएको निर्देशनविरूद्ध विरोध प्रदर्शन भएको थियो । स्थानीय तहको लागि लोक सेवा आयोगले गरेको विज्ञापन संविधानको मर्म्विपरीत रहेको ठहर गर्दै संसदको राज्य व्यवस्था समितिले विज्ञापन खारेज गर्न लोक सेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्