Logo
Logo

सांसद विशंखेको प्रश्न, ‘ १९१० को न्याय शास्त्र अंगीकार गर्ने हो कि जयस्थिति मल्लको ?



सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद अञ्जना विशंखेले समानुपातिक समावेशिताबारे सरकारको धारणा माग गरेकी छिन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै विशंखेले लोक सेवा आयोगको विज्ञापनलाई लिएर पार्टीको सरकारको र पार्टीकै सांसद सभापति रहेको राज्य व्यवस्था समितिको फरक धारणा आएको विषयमा जवाफ माग गरेकी हुन् ।


‘पार्टी सरकार सञ्चालन गरिरहेको छ । अर्कोतिर राज्य व्यवस्था समिति सभापति पनि हाम्रै पार्टीको हुनुहुन्छ’, विशंखेले भनिन्, ’सडकमा एकातिर लोक सेवा खुलाउनुपर्छ भनेर जुलुस निकाल्न थालिएको छ । अर्कोतिर लोक सेवा आयोग बन्द गरियोस् । समानुपातिक समावेशी ढंगले यो लोक सेवा खुलाइयोस् भनेर आन्दोलन गरिराखेको छ । यो के हो ? छिट्टै निर्क्यौल गरियोस् ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?