Logo
Logo

संसदमा उठ्यो विप्लवका कार्यकर्ता रिहाइको माग



सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थीलाई रिहाइ गर्न प्रतिनिधि सभामा एक सांसदले माग गरेकी छन् ।
राष्ट्रिय जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलले २६ जेठमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा बिना हातहतियार शान्तिपूर्ण ढंगले भेला र बैठक गरिरहेको बेला विप्लव नेकपाका विद्यार्थीलाई गिरफ्तार गरिएकोमा तत्काल रिहा गर्न माग गरेकी हुन् ।
उनले संविधान बमोजिम शान्तिपूर्ण ढंगले भेला हुन पाउने अधिकारमाथि सरकारले हस्तक्षेप गरेकोमा घटनाको घोर विरोध गर्दै रिहाइको माग गरेकी हुन् । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधिसभामा उनी मात्र सांसद रहेकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?