Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

प्रचण्ड सचिवालयको खण्डन : ‘अध्यक्षबारे लेखिएको समाचार भ्रामक’ (नोटिससहित)



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयले भेनेजुएलाको संकटबारे सरकार र अध्यक्ष प्रचण्डको विज्ञप्ति नै आधिकारिक भएको स्पष्टिकरण दिएको छ ।

शुक्रबार केही सञ्चार माध्यमले अध्यक्ष प्रचण्डले आन्तरिक बैठकहरुमा आफूलाई फसाइएको भनेको समाचार प्रकाशित गरेका थिए । प्रचण्डको सचिवालयले अध्यक्षलाई कसैले नफसाएको, सरकार र अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्ति नै आधिकारिक भएको धारणा सार्वजनिक गरेको हो ।

अध्यक्ष प्रचण्डको आधिकारिक फेसबुक पेजमार्फत् सचिवालयले शुक्रबार प्रकाशित समाचारको खण्डन गरेको हो । यस्तो छ उनको सचिवालयले जारी गरेको नोटिस ।

‘भेनेजुयलाको राजनीतिक संकटको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारिक भएको स्पष्ट गर्न चाहन्छौं ।

केही सञ्चार माध्यमहरुले विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम सिर्जना गर्न खोजेकोप्रति सचिवालयको गम्भीर ध्यानार्षण भएको छ । यस्ता भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्