Logo
Logo

सुपुर्दगी कानुनविरुद्ध हङकङमा प्रदर्शनमा




प्रस्तावित सुपुर्दगी कानुनविरुद्ध हङकङमा हजारौं प्रदर्शनमा उत्रिएका छन् । पछिल्ला दिनमा सो प्रस्तावित कानुनविरुद्ध आक्रोश बढ्दै जाँदा प्रदर्शन हिंसात्मक बन्न सक्ने खतरा समेत देखिएको छ । बुधबार बिहानै सडकमा भेला भएका प्रदर्शनकारी मास्क, हेलमेट लगाएर सडक अवरुद्ध पार्दै सरकारी भवनह बाहिर जम्मा भएका थिए ।
सो कानुन पारित भएमा आपराधिक गतिविधिमा संलग्न हुने हङकङका नागरिकलाई चीनमा सुपुर्दगी गर्न सकिनेछ । तर, बेइजिङ निकट मानिने हङकङकी प्रमुख कार्यकारी क्यारी ल्यामले विधेयक फिर्ता नहुने अडान राखेकी छन् । सो प्रस्तावित विधेयकविरुद्ध हङकङमा प्रदर्शन बढिरहँदा व्यवसायीले पनि त्यो विधेयकको विरोधमा सहभागी हुने संकेत गरेका छन् । यद्यपि, विरोधबीच नै सो विधेयक पारित हुने अनुमान गरिएको छ ।आइतबारदेखि सुरु भएको विरोध प्रदर्शनलाई हङकङमा स्वतन्त्रता भएपछि गरिएको सबैभन्दा ‘ठूलो प्रदर्शन’ का रुपमा हेरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका