
काठमाण्डौं । बीपीवाद’ को खोजीमा दुम्जादेखि बनारससम्म यात्रा गरिने भएको छ । बीपी संग्रहालय समितिले दुम्जादेखि बनारससम्म अवलोकन यात्रा गर्न लागेको हो ।
‘लोकतन्त्रका लागि बीपीवाद’ भन्ने नाराका साथ यात्रा गर्न लागिएको संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए । पहिलो चरणअन्तर्गत बिहीबार दुम्जादेखि विराटनगरसम्मको यात्रा गरिनेछ ।
‘जनताका लागि राणा, पञ्चायत र राजासँग लोकतन्त्रका लागि बीपीले संघर्ष गर्नुभयो,’ उनले भने, ‘बीपीवादलाई जनतासँग जोड्न यात्रा गर्न लागेका हौं ।’