
संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रमहरुमा सहभागी भएर बुधबार दिउँसो फ्रान्सको औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूताबासमा बुधबारनै भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी, प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाईम अर्गनाइजेशनका महासचिव, विश्व उर्जा परिषदका वरिष्ठ अधिकारीहरु, एडिन बर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुहरुले बुधबार दिउँसो भेट गर्ने कार्यक्रम छ ।