
काठमाडौं । साझा पार्टीले लोकसेवाका परीक्षार्थीले सुरु गरेको आन्दोलनमा समर्थन जनाएको छ । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले माइतीघर मण्डला पुगेर आन्दोलनमा समर्थन जनाएका हुन् ।
स्थानीय तहमा भर्ना गर्न ९ हजार १ सय ६६ जना कर्मचारीका लागि जेठ १५ गते लोकसेवाले विज्ञापन आव्हान गरेको थियो । संसदको राज्य व्यवस्था समितिले रद्द गर्न निर्देशन दिएसँगै आन्दोलित युवालाई साथ दिन मिश्र माइतीघर पुगेका हुन्।
‘यो देश कसैको विर्ता होइन, तपाईंहरुले आज आफ्ना लागि आवाज उठाए जस्तै अरु बेला पनि उठाउन सक्नुपर्छ’, उनले भने, ‘तपाईं जे लाई घर भन्नु हुन्छ, त्यो झुपडी हो। त्यो झुपडीबाट आउनुभएको छ।
तपाईंहरु अघि बढ्नुस्, हामी होस्टेमा हैँसे गरौँला। तर हरेक राष्ट्रिय महत्वको मुद्दामा बोल्नुपर्छ।’ यो देश सबैको भविष्य भएको बताउँदै मिश्रले यो आन्दोलनमा सबैले होस्टेमा हैँसे गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए।