Logo
Logo

एनसीसी र भाटभटेनी विच सम्झौता



नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । योसँगै स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट बैंकका ग्राहकले भुक्तानी लिन सक्नेछन् ।
सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरे ।
एनसीसी बैंकले आफ्ना १ सय २० वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको देशभर ८१ वटा एटीएम सञ्चालित छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?