Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

‘कार्टुन्ज क्रु’को नयाँ गीत ‘मास्टर प्लान’ (भिडियो)



नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को रोमान्टिक शैलीमा तयार भएको नयाँ गीत सार्वजनिक भएको छ ।‘मास्टर प्लान’ बोलको गीतलाई निर्माण टीमले सार्वजनिक गरेको हो । ‘मास्टर प्लान’ बोलको गीतलाई उनिहरुले निकै नै रोमान्टिक तथा पृथक सैलीमा प्रस्तुत गरेका छन।

जसमा कार्टुन्ज क्रुले यस अघिको भन्दा केहि फरक र नयाँ गर्ने प्रयास गरेको छ । जुन भिडियो हेर्दा प्रस्ट देख्न सखिन्छ ।उनिहरुको डान्समा हरेक पटक केहि नौलोपन देख्न पाईन्छ ।छोटो समयमै आफुलाई स्थापित गर्न सफल काटुृन्ज क्रुले गरेका सबैगीत युटूबमा सुपरहिट हुने गरेका छन् ।

यस गीतमा गायक सुन्दर भिकेटी र गायिका मेलिना राइको स्वरमा रहेको छ ।  शंकर थापा ‘स्माइल’ को संगीत तथा खेम राज थापाको शब्द रहेको छ ।

क्यालेन्डर गीतको सफलता पछि सार्बजनिक ‘मास्टर प्लान’ बोलको गीतबाट पनि सुन्दर आशा बादी रहेका छन्। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई लाक्पा डि लामाले सम्पादन गरेका हुन् ।यस गितको यरेन्ज उदय राज पौडेलले गरेका हुन्। भिडियोमा कन्सेप्ट तथा निर्देशन सरोज अधिकारीको रहेको छ।भिडियोलाई सहाएक निर्देशन भने लाक्पा डि लामाले गरेका छन् ।

भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी र साजन चौहान र पेम्बा मगरले गज्जबको डान्स गरेका छन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्