‘सडक २’ मा पनि कम ऋंगारमा छिन्, आलिया
‘सडक २’बाट पहिलो पटक आलिया भट्ट आफ्ना बाबु महेश भट्ट तथा दिदी पूरा भट्टसँग काम गर्दै छिन् । ’सडक २’ सन् १९९१ मा बनेको सुपरहिट सिनेमाकै सिक्वल हो । यस सिनेमामा आलिया, पूजा तथा संजयका साथै आदित्य रोय कपुरको प्रमुख भुमिका रहेको छ । यस सिनेमामा पनि आलिया एकदमै कम श्रृंगार देखिनेछिन् ।
भारतीय संचारमाध्यमका अनुसार सिनेमामा उनले मेकअपका नाममा हल्का फाउण्डेसन लगाउने बाहेक उनले प्राइमेस बेस प्रयोग गर्ने जनाएका छन् । उनले यसको प्रयोग पनि गाढा इफेक्टका लागि प्रयोग गर्न लागेकी हुन् । यसका अलावा गालामा उनले अल्का गुलाबी ब्लश, आँखामा गाजल तथा ओठमा हल्का गुलाबी रंगको लिपिस्टिक लगाउने बताइएको छ ।
उनले यसअघि ’राजी’, ’हाईवे’, ’उड्ता पंजाब’ तथा ’गली व्वाय’ जस्ता सिनेमा पनि निक्कै कम मेकअपमा देखिएकी थिइन्। उनको यस्तो लुक्सलाई दर्शकहरूले पनि मनपराएका थिए ।
’सडक २’ अगामी वर्ष १० जुलाईमा रिलिज हुनेछ । यो सिनेमाका अलावा ’ब्रम्हास्त्र’, ’तख्त’, ’इन्शाअल्लाह’ पनि उनी हाल व्यस्त छिन् । यी सिनेमा भने यसै वर्ष रिलिज हुनेछन् ।