Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

प्रधानमन्त्री ओलीले भने, हामी एक बर्षमा एक करोडरुख रोप्ने अभियान चलाउछौ ’



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने वताएका छन् । बिबिसी बिश्व सेवाका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गरे ।
नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको प्रशंगमा उनले लगानीका लागि आमन्त्रण गर्ने तथा आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्ने बताए । विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए । उनले २५ लाख रुख काटे ५० लाख रुख रोप्न सक्ने सक्ने क्षमता भएको बताए ।
सो कार्यक्रमको सुरुमै नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्था देखाइएको थियो । यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो । प्रस्तुतिमा एक आरोही अलन आर्नेटले सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यूनमूल्य रहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट गरे । ‘ आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन’, उनले जिकिर गरे ।
आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने बताउँदै उनले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्