Logo
Logo

भारतवाट नेपाललार्ई १ अर्ब ६० करोड रुपैया सहयोग



भारतले नेपालको भूकम्पबाट भएको क्षति पूननिर्माणका लागि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आवास पुनर्निर्माणका लागि अर्थसचिव डा. राजन खनाललाई १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् । उनले अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेका थिए ।
भारत सरकारले आवास पुनर्निर्माणका लागि नुवाकोट र गोरखा जिल्लाका ५० हजार लाभग्राहीलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको हो । हालसम्म भारतले नेपाललाई ४ अर्ब ५० करोड प्रदान गरिसकेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुरूप घरधनीले घर पुनर्निर्माण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न यूएनडीपी तथा यूएनओप्ससँग साझेदारी गरिरहेको पनि जानकारी दिएको छ ।
कार्यक्रममा नेपाल सरकारले भूकम्प पश्चातको पुनर्निर्माणमा भारत सरकारले प्रदान गरेको सहयोगका लागि आभार प्रकट गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?