Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

शौचालय भत्किदा चार जनाको मृत्यु



सांकेतीक तस्बिर

दार्चुलामा शौचालय भत्किँदा चार जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकी भास्सिदाँ चार बालबालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५ वर्षीया युनिका ठगुन्ना, अन्दाजी ७ वर्षीया निरुता ठगुन्ना, ८ वर्षीय सुदिश धामी र ९वर्षीया अनुष्का धामी रहेका छन् । मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका बालबालिकाको मृत्यु भएको हो ।
भारी वर्षाका कारण घटनाबारे यकिन विवरण बाहिर आउन नसककेको हो । सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ । वर्षाका कारण उद्धार प्रभावित बनेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्