Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

विदेशतिर छोरीसँग पनि शारिरिक सम्वन्धको चलन सुनाउँदै उपसचिवले गरे छोरीलाई बलात्कार



काठमाडौं । छोरीलाई बलात्कार गरेको आरोपमा एक जना उपसचिव पक्राउ परेका छन् । ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको मौकामा बलात्कार गर्दै आएको प्रहरीमा परेको जाहेरीमा उल्लेख गरिरहेको छ ।

ललितपुर प्रहरी परिसर, जावलाखेलको मुद्दा शाखाका एक अधिकृतले दिएको जानकारी अनुसार उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि दबाब दिएको बताईएको छ ।

तर, परिवारकै बेइज्जती हुने डरले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटक पटक सम्झाउँदा पनि नसुध्रिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ ।

पीडित किशोरी कक्षा १२ मा अध्ययनरत् छिन् ।

पक्राउ परेका उपसचिवविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्