Logo
Logo

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी खरेल पुर्पक्षका लागि थुनामा



काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु खरेललाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । घरमा काम गर्ने महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत, काठमाडौंले खरेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्ले बताए ।

खरेल परिवारले आरोप अस्वीकार गरे पनि खरेलले चाहिँ प्रहरीसँगको बयानमा कसुर स्वीकारेका थिए । खरेलविरुद्ध १८ वैशाखमा बालिकाकी आमाले किटानी जाहेरी दिएकी थिइन् ।

काठमाडौँको तिनकुने नजिकै शान्तिनगरमा ७ वर्षिय बालिकालाई फकाएर पटक–पटक बलात्कार गरी फरार रहेका पूर्वप्रहरी राजु खरेल कञ्चनपुरबाट पक्राउ परेका थिए । कञ्चनपुर प्रहरीले कञ्चनपुरको बेलौरीबाट खरेललाई पक्राउ गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका