Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

सातै प्रदेशमा प्रवद्र्धन समिति




सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । स्थानीयदेखि अन्तराष्ट्रिय स्तरसम्म पर्यटन जागरणका रुपमा भ्रमण वर्ष अभियान सञ्चालनका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी (प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तर)को निर्णयबाट सातै प्रदेशमा भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन गरिएको जनाइएको छ ।
समितिमा सम्बन्धित प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्यसचिव तथा पर्यटनसम्बन्धी निजी क्षेत्रबाट प्रादेशिक कार्यक्रम संयोजक र सदस्यहरू रहने गरी सात वटै प्रदेशमा समिति गठन गरिएको हो । भ्रमण वर्ष अभियान सञ्चालन गर्न क्षेत्रगत तथा विषयगत निकायका अतिरिक्त तहगत सहकार्य एवम् सामञ्जस्यता कायम गरी भ्रमण वर्षसम्बन्धी कार्यक्रम सञ्चालन गर्न प्रदेशको आवश्यकताअनुरुप सदस्यहरु थपघट हुने जनाइएको छ ।

पर्यटन प्रवर्द्धन समितिअन्तर्गत प्रदेश नम्बर १ मा १७, प्रदेश नम्बर २ मा १९, गण्डकी प्रदेशमा २२, प्रदेश नम्बर ५ मा २६, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १८ सदस्यीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्