Logo
Logo

शंखमुलमा आगलागी,तीन घाइते



सांकेतीक तस्बिर
सांकेतीक तस्बिर

शंखमुलमा केही समय अघि आगलागी भएको छ । शंखमुल चोकमा रहेको शानदार मःम सेन्टरमा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेकोे छ ।
शंखमुल चोकमा रहेको शानदार मःम सेन्टरमा आगलागी भएपछि स्थानीय र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएका हुन् । पछिल्लो समाचार अनुसार तीन जना घाइते भएका छन् । ग्यासमा सिलीनडर जोड्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो । सिलीन्डर जोड्दा घाइते भएका रामकृष्ण बुढाथोकीलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगीएको छ । एक महिला ज्यान जोगाउन हाम फाल्दा घाइते भएकी हुन् भने अन्य एक सिसा फुटेर घाइते भएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौंको त्रिपुरेश्वर स्थित विश्व निकेतन माध्यमिक विद्यालयमा एक दिने महिनावारी सचेतना कार्यक्रम सम्पन्न भएको