

आफ्नै छोरीलाई यौन शोषण गरेको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाशरण यादव पक्राउ परेका छन् । ललितपुर प्रहरीले सोमबार बेलुकी यादवलाई उनकै निवास धोबीघाटबाट पक्राउ गरेको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार यादवलाई उनकी छोरीको जाहेरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो ।
प्रहरीका अनुसार यादवले छोरीमाथि निरन्तर यौन शोषण गर्दै आएको प्रारम्भिक बयानका क्रममा खुलेको छ । यादवलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका कारण थप तथ्य खुल्दै जाने प्रहरीको भनाइ छ ।