
अफ्रिकी मुलुक मरिसस र नेपालबीच श्रम सम्झौता हुने भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भइरहेको अन्तासष्ट्रय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा मंगलबार बेलुका नै सहमती हुने छ । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नबीच सो समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।
मरिससमा पनि शूल्य लागतमै नेपाली कामदार लैजानेगरी सम्झौता हुनेछ । साम्झौता पछि गठन हुने दुवै देशको प्राविधिक टोलीले कुन प्रणालीबाट कामदार लैजाने भन्ने तय गर्नेछ ।
मरिसससँग नेपालको पहिलो पटक श्रम समझदारी हुन लागेको हो । समझदारीपछि अब नेपाली कामदारले मरिसस जाँदा कुनै पनि शुल्क व्यहोर्नुपर्ने छैन । अन्य मुलुकको तुलनामा मरिसससँग नेपाली कामदारले आकर्षक सेवासुविधा पाउने पनि मन्त्रालयको दावी छ ।