Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

लगानी नडुब्ने खतीवडाको जिकिर



अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकमा जम्मा गरेको रकम नडुब्नेमा निक्षेपकर्ता ढुक्क रहेको दाबी गरेका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषले प्रतिखाता ३ लाख रुपैयाँसम्म सुरक्षण गरिदिएसँगै निक्षेपकर्ता आफूले जम्मा गरेको रकम नडुब्नेमा ढुक्क भएको खतिवडाको तर्क छ ।
‘त्यसैले बैंक डुब्न लागेको हल्ला सुन्दा पनि निक्षेपकर्ताहरु निक्षेप फिर्ता लिन गएनन्,’ निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘पहिले २ लाख रुपैयाँसम्मको सुरक्षण गरिदिएकोमा अहिले बढेर ३ लाख रुपैयाँसम्म पुगेको छ ।’
प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी गर्दा जोखिमलाई व्यवस्थापन गर्न कर्जालाई सुरक्षण दिने अभिप्रायले निक्षेप सुरक्षण कोष स्थापना भएको उनको भनाइ छ । नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको उनले बताए । बैंकहरुले उच्च लगानी विस्तार गर्दा पनि खराब कर्जा १ प्रतिशतको हाराहारीमा हुनुले बैंकिङ क्षेत्रलाई बलियो देखाएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्