Logo
Logo

गृहमन्त्रीले भने ,‘ घटनाको नैतिक जिम्मेवारी सरकारले लिएको छ ’



काठमाडौँको माइतीघर मण्डलामा दुई दिनअघि भएको प्रदर्शन कानुन विपरीत भएकाले सुरक्षाकर्मीले बल प्रयोग गरेको सरकारले प्रष्टिकरण दिएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदैं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राज्यका तर्फबाट कानुनको पालना गराउनका लागि सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको प्रष्टिकरण दिए । उनले आन्दोलनकारीले सुरक्षाकर्मीमाथि बल प्रयोग गरेपछि अवस्थालाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीले पनि बल प्रयोग गर्नु परेको बताए ।
घटनामा केही प्रहरी र आन्दोलनकारी घाइते भएकोमा दुख व्यक्त गर्दै गृहमन्त्रीले घटनामा सुरक्षाकर्मीबाट गल्ती भएको पाइएमा कानुन अनुसार आवश्यक कारबाही गर्ने प्रक्रिया अगाडी बढेको बताए । घटनाको नैतिक जिम्मेवारी सरकारले लिएको जवाफ दिदैं उनले शान्तिपूर्ण जुलुस गर्न पाउने नागरिकको अधिकारको सम्मान गरिने प्रस्ट पारे । घटनामा हिरासतमा लिइएका व्यक्तिलाई छाडिसकिएको गृहमन्त्री थापाले सदनलाई जानकारी गराए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको