

रौतहटमा भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ । २१ यात्रु घाइते भएका छन् । रौतहटको पौराही बागमतीमा रोकेको बसलाई को १ ख २६२५ नम्बरको ट्रकले सोमवार राती ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट ना ६ ख ९०३० नम्बरको बसमा सवार भारत ओडिशाका चरण विश्वाल र विजयकुमार जेनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते ३ जनालाई वीरगञ्जको न्यूरो अस्पतालमा भर्ना गरिएको छ ।