Logo
Logo

बेलायतमा ओलीले भने,‘ सरकार छाड्ने सहमतीवारे दलले निर्णय गर्छ ’



युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे आफ्नो दलले निर्णय गर्ने जनाएका छन् । सोमवार बेलुका ब्रिटेनको प्रतिष्ठित अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो दलभित्रको राजनीतिबारे यस्तो टिप्पणी गरेका हुन् । ’के तपाईँ अढाई वर्षपछि सरकार छोड्नुहुन्छ ?’ भन्ने एक प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरे अनुसार हुने बताए । उनले भने, ’सरकारको नेतृत्व परिवर्तनबारे पार्टीले निर्णय गर्छ ।’
दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार आलोपालो नेतृत्व गर्न सत्तारूढ नेकपा (नेकपा) का अर्का अध्यक्ष प्रचण्डले स्मरण गराइरहँदा ओलीको त्यस्तो भनाइ आएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको कार्यकारी

नगेन्द्रराज पौडेल बालबालिका शान्ति क्षेत्र हुन् भनेर घोषणा गरेको पनि धेरै भयो। विद्यालय शान्ति