Logo
Logo

गाहाको अध्यक्षमा उम्मेदवारी



गैरआवासीय नेपाली संघ (एआरएनए) यूकेका वर्तमान उपाध्यक्ष प्रेम गाहा मगरले आगामी कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आइतबार ९ जुनका दिन अल्डरसटस्थित टेम्पटेशनमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
एनआरएनए यूकेको सातौं कार्यसमितिले आठौं कार्यसमिति चयन गर्नका लागि आगामी १४ सेप्टेम्बरका दिन निर्वाचन गर्ने मिति तय भएको छ । वर्तमान उपाध्यक्ष गाहा मगर सहित पाँचैजना उपाध्यक्षहरुले विभिन्न माध्यमबाट आठौं कार्यसमितिको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । औपचारिक रुपमा घोषणासभाको आयोजना गरी आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने सम्भवतः गाहा मगर नै पहिलो हुन् ।
एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेको उम्मेदवारी घोषणासभामा एनआरएनए यूकेका पूर्वउपाध्यक्ष राष्ट्र राई, यती एशोसिएसन वरिष्ठ उपाध्यक्ष वाचस्पति रेग्मी, गुल्मी जिल्ला समाज यूके पूर्वअध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, म्याग्दी अर्गनाईजेशन (मोना) यूके अध्यक्ष दल जुग्जाली र मगर संघ यूके महासचिव रुद्र थापा लगायतको उपश्थिती थियो ।
बक्सिङ्ग खेलमा राष्ट्रिय स्वर्ण पदकसमेत विजेता रहेका गाहा मगर एक कुशल बक्सिङ्ग खेलाडीको परिचय बनाउन सफल भएका छन् । एनआरएनए यूकेको वर्तमान च्यारिटी विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका गाहा मगरले आफ्नो कार्यकालमा बक्सिङ्ग र डिसेबल च्यारिटीजस्ता नयाँ कार्यक्रम आयोजना गरिसकेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका