

ट्याक्सी खरिद गर्न मिलाई दिने बहाना बनाउदै १५ लाख रुपैयाँ ठगी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट तार्केश्वर गाउँपालिका ४ बस्ने ४४ वर्षीय राम वस्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । सोमनाथ भट्टराईले ट्याक्सी आवश्यक परेको भनी दैनिक पत्रिकामा बिज्ञापन दिएकोमा वस्तीले भट्टराईलाई फोन सम्पर्क गरी बोलाएर बा ३ ज ३८१० नम्बरको सेतो रङको ट्याक्सी देखाई मूल्य २२ लाख रुपैयाँ कायम गरेका थिए । जेठ ८ गते १५ लाख रुपैयाँ लिएर बाँकी ७ लाख रुपैयाँ गाडी पास गर्दा दिने भनी विश्वासमा पारी सम्पर्क बिहिन भएकोमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नुवाकोट तार्केश्वर गाउँपालिका ४ बाट पक्राउ गरेको हो ।