Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

पाकिस्तानका पूर्व राष्ट्रपति जरदारी पक्राउ



पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारी पक्राउ परेका छन् । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सह–अध्यक्ष समेत रहेका जरदारीलाई नेशनल अकाउन्टिबिलिटी ब्युरो (एनएबी) को टोलीले पक्राउ गरेको हो ।
इस्लामाबाद उच्च अदालतले सोमबार मनी लान्डरिङको मुद्दामा जरदारी र उनकी बहिनी फरयाल तालपुरको अग्रिम जमानतको निवेदन खारेज गरेको थियो । न्यायाधीस आमिर फारुक र जस्टिस मोहसिन अख्तर कियानीको इजलासले निवेदन खारेज गरेर पक्राउ गर्न आदेश दिएको होे ।
जरदारी र उनकी बहिनी मनी लन्डरिङमा मुख्य दोषी रहेका छन् । उनीहरुमाथि अवैध बैंक अकाउन्ट र देशभन्दा बाहिर पैसा पठाएको आरोप छ । इस्लामाबादस्थित जरदारीको घरमा ठूलो संख्यामा सुरक्षाकर्मी पुगेका थिए । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार सुरुमा जरदारीको घरमा एनएबीको टोलीलाई प्रवेश गर्न रोक लगाइएको थियो । उनीहरुले जरदारीलाई पक्राउ गर्नु अघि सभामुखको अनुमति लिनु परेको थियो ।
जरदारीे गिरफ्तारी र आरोपविरुद्ध इस्लामाबाद उच्च अदालत जान सक्नेछन् । जरदारी र उनकी बहिनीले फर्जी बैंक खाताबाट ४ अर्ब ४ करोड रुपियाँ देशबाहिर पठाएको आरोप लागेको छ ।
आसिफ अली जरदारीका छोरा बिलवाल भुट्टोले बाबु पक्राउ परेपछि कार्यकर्तालाई शान्त रहन आग्रह गरेका छन् । जरदारी पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोका श्रीमान् हुन् ।(एजेन्सी )

प्रतिक्रिया दिनुहोस्