Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

माथिल्लो त्रिशुली–१ मा एआइआइबीको लगानी



माथिल्लो त्रिशुली–१ आयोजना (२१६ मेगावाट) मा एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले पनि लगानी गर्ने भएको छ । चीनको नेतृत्वमा बनेको आईआईबीको नेपाली ठूला परियोजनामा यो पहिलो लगानी पनि हो ।
बैंकले माथिल्लो त्रिशुली–१ का लागि ९ करोड अमेरिकी डलर अर्थात ९ अर्ब लगानी स्वीकृत गरेको हो । नेपाल बिद्युत प्राधिकरणले बनाउन लागेको तामाकोशी–५ र वितरण प्रणाली सुदृढीकरण आयोजनामा पनि उक्त बैंकको लगानी रहनेछ । यो आयोजनाको कुल लगानी ६४ करोड ७४ लाख डलर अर्थात् ६४ अर्ब रुपैयाँ छ । यसमा १९ अर्बको संस्थापक सेयर छ भने बाँकी लगानी ऋणस्वरुप जुटाउने लक्ष्य प्रवद्र्धधक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको छ ।
यो आयोजनामा डलरमा विद्युत् खरिद सम्झौता भइसकेको छ । यसमा हुने जोखिम व्यवस्थापन गर्नका लागि हेजिङ फन्डको सट्टा निःशुल्क ऊर्जा लेनदेन गर्ने समझदारी प्रवर्धक र सरकारबीच भएको छ । हेजिङ कोष खडा नै नगरी प्रवर्धक कम्पनीसँग निःशुल्क ऊर्जा प्राप्त गर्न सहमति जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्