
बिश्व क्रिकेटका एक सफल अलराउण्डर युवराज सिंंहले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ८ वर्षअघि घरेलु मैदानमा भारतले विश्वकप जित्दा युवारज म्यान अफ दि टुर्नामेन्ट घोषित भएका थिए । यस्तै सन् २००७ मा भारतलाई टी २० विश्वकप जिताउन पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनले भारतका लागि ४० टेष्ट, ३०४ ओडिआई र ५८ टी–२र्० खेलेका छन् । उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने टी ट्वान्टी अन्तराष्ट्रियमा पहिलो तथा समग्र अन्तराष्ट्रियमा दोश्रो खेलाडी ह्न । उनले सन् २००७ मा भएको टी–२० बिश्वकपको इंग्ल्यान्डसंगको खेलमा स्टुवार्ड ब्रोडकोे एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । सोही खेलमा १२ बलमा अद्र्धसतक प्रहार गर्दै उनले कीर्तिमान कायम गरेका थिए ।
भारतीय क्रिकेटका पूर्व फास्ट बलर तथा अभिनेता योगराज सि.हका छोरा युवराजको जन्म सन् १९८१ डिसेम्बर १२ भएको हो । सन् २००३ मा उनले पहिलो टेस्ट खेलेका थिए । सन् २००७ र ००८ मा उनी भारतीय टोलीका उपकप्तान थिए ।
सन् २०११ मा भारतलाई बिश्वकप जितताएको केही पछि वायाँ फोक्सोको क्यान्सरबाट उनी पिडित थिए । बोस्टनमा गएर उपचार पुरा गरेका उनी सन् २०१२ को टी –२० बिश्वकप खेलमा पनि सहभागि थिए । पछिल्लो समय खराब लयमा रहेका युवराज सन् २००को दशकमा हेर्न लायक खेलाडी थिए ।