Logo
Logo

‘गुठीसम्बन्धी विधेयक संस्कृतिविरुद्ध छैन ’



भूमि सुधारमन्त्री पद्मा अर्यालले गुठीसम्बन्धी विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकूल पार्ने गरी नआएको दाबी गरेकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म, संस्कृति र परम्परालाई प्रतिकूल पार्ने गरी विधेयक ल्याइएको भन्दै विरोध गरेपछि उनले जवाफ दिँदै भनीन, ‘गुठीसम्बन्धी विधेयक संस्कृतिविरुद्ध छैन ।’
‘संविधानलाई एकीकृत रुपमा बुझ्नुपर्छ । संविधानको एउटा धाराको व्याख्या मात्रै हेरेर, एउटा अनुसूची मात्रै हेरेर संविधानको प्रतिकूल हुन्छ कि अनुकूल हुन्छ भन्ने निष्कर्ष निक्लन्छ जस्तो लाग्दैन,’ उनले भनिन् ।
संविधानको धारा २९० अनुसार विधेयक आएको भन्दै उनले संविधानलाई एकीकृत रुपमा बुझ्न आग्रह गरेकी हुन् । विधेयकमा गुठीमा जोडिएका किसानका हकहित, मठ मन्दिर, धर्म र संस्कृतिलाई संरक्षण गर्ने विषयलाई प्रतिकूल पार्ने व्यवस्था नभएको भन्दै उनले विधेयकप्रति धेरै सन्देह प्रकट नगर्न आग्रह गरिन् ।
उनले आइतबारको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको बताइन् । मन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले संसदीय मूल्य र मान्यता नियमावलीअनुसार संसद सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका