Logo
Logo

कांग्रेसको विरोध पछि बैठक अबरुद्ध



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएको भन्दै सरकारको जवाफ माग गरेपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेसका राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले गुठीयार र सरोकारवालाले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरी घाइते बनाउने र नियन्त्रणमा लिने काम गरेको भन्दै प्रहरी दमको र्भत्सना गरे ।

शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकारविरुद्ध सरकार दमनको शैलीमा अघि बढेको बताउदै पाण्डेले त्यसबारे सरकारको जवाफ माग गरे । घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभाको सोमबारको पहिलो बैठक अवरुद्ध भएको हो ।
सोमबारै बसेको दोस्रो बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबारकै बैठकमा घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन लगाउने आश्वासन दिएपछि बैठक कार्यसूचीमा प्रवेश गरेकोे छ । अहिले आर्थिक वर्ष २०७६र७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै राष्ट्रिय सभा सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?