Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

धेरैको निचोड छ, ‘ खेलकुद एक दलको एउटा सिमित गुटको साघुँरो घेराबन्दीमा राखिदै छ ’




एमाओबादी र एमाले एकीकृत हुनु अघि खेलकुदका दुइ भातृ संगठन पनि त्यत्तिकै सक्रिय थिए । एमाओबादीको भातृ संगठन अखिल नेपाल खेलकुद महासंघ थियो भने एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ थियो । यीनका भिन्न स्वरुप र बिशेषता थिए । एमाओदीको भातृ संगठन खेलकर्मीकै बलियो उपश्थिती र प्रभावमा रहेको थियो भने एमालेको भातृ संगठनमा खेलकुदसंग कुनै सरोकार नभएका राजनितीक ब्यक्तिको उपश्थिती थियो । अहिले माउ पार्टी एकीकृत भएको लामो समय पछि भातृ संगठनले पनि नेतृत्व चयन गरेको छ । अन्य कमिटी पूर्ण बनाउन बाँकी रहे पनि संयोजकको टुंगो लागीसकेको छ ।
यसै विचमा राष्ट्रिय खेलकुद परिषद्को नयाँ नेतृृत्व चयन गर्ने समय पनि भएको छ । दुइ पार्टी एक भए पनि खेलकुद पृष्ठभुमी भएका र खेलकुदलाई राजनितीक डम्पीङ साइट बनाउन खोज्ने विचको भिन्नता खोजीनु पूर्व अखिल नेपाल खेलकुद महासंघका धेरैको कथन छ । ‘ खेलकुदमै लागेर जिन्दगी विताउने र लाभका निम्ती मात्र खेलकुदलाई उपयोग गर्ने विचको भिन्नता त हुनु प¥यो ’एक खेलकर्मी भन्छन् ।
त्यसो त पूर्व सदस्य सचिव युवराज लामा र बर्तमान सदस्य सचिव केशब विष्ट विचको भिन्नता पनि हेरिनु पर्ने धेरैको मत छ । ‘ परिषद्को जागीरे भएका कारण केही बोल्न कठिन छ । तर, युवराज सरको कार्यकालमा केही सकरात्मक सम्भावना देखिए पनि अहिले त्यो छैन छ । ’ खेलकुदको नेतृत्व गर्न पूर्व एमालेका राजनितीकर्मी भन्दा पूर्व एमाओबादी विचार भएका खेलकर्मी हुदाँ धेरै सही हुन पनि ती कर्मचारी बताउछन् ।
उसु, एथलेटिक्स, बक्सीङ र कुश्तीको विवाद विष्ट कार्यकालमा निम्तीएका हुन् । खेलकुदमा कुनै सरोकार नभएकाहरु मध्यबाट परिषद्मा नेतृत्व गर्ने अबसर पाए पछि यीनको नेतृत्वमा संघ गठन गर्ने र ठूलो बजेट त्यसैमा लगानी गर्ने काम यसै कार्यकालमा भएको थियो । त्यसो त नेपाल उसु संघको अधीबेशन आफैले उद्घाटन गर्ने र आफु अध्यक्ष नहुने भए पछि स्थगनको घोषणा गर्नुले नै विष्टको नियत प्रस्ट पारेको पूर्व अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष जनक बर्तौला बताउछन् ।
बर्तौलाले उसुमा समेत विस्टले पदीय प्रभाव देखाउदै धेरैलाई प्रलोभनमा पारेर अध्यक्ष पद हत्याए पनि आफूलाई स्वीकार्य नभएको तथा, आफूलाई दिइएको उसुको बरिष्ठ उपाध्यक्षको जिम्मेवारी नस्वीकार्ने बताएका छन् ।
बड्तौला भन्छन्, ‘ खेलकुद संगठन खेलाडीकै हुनु पर्ने हो । अबको एकीकृत पार्टीको संगठन पनि त्यसै खाले हुनु पर्ने हो र खेलकुद परिषद् पनि । हामी पार्टी नेतृत्वसंग पनि यसबारेमा जोडदार ढंगले आवाज उठाउछौ ।’खेलाडीले असन्तुष्टि ब्यक्त गर्दा हप्काउने र परिषद्मा हातामा नुहुनुले नै केशब विष्टको कार्यशैली नभएको र सामाना गर्न नसक्ने भएको बर्तौलाको निचोड छ ।
त्यसो त यो नेतृत्व माथि अर्को गम्भीर आरोप नलगाएको होइन, ‘ आफ्ना आसेपासेको नाममा अनुत्पादक क्षेत्रमा सबैभन्दा धेरै खर्च गर्ने यही नेतृत्व भएको कुरामा विमती हुन सक्दैन । होइन भने यस कुरामा यत्ति खर्च भयो । परिणाम यस्तो रह््यो भनेर सार्वजनिक गर्ने हिम्मत किन नगर्ने ?’
विस्टले भने झै सबै भन्दा धेरै खेलाडी विदेश सयर गर्ने कार्यकाल यसै रहयो । तर, कुन स्तरका प्रतियोगितामा कत्ति खेलाडी विदेशीए र कुन उपलब्धी पाए भन्ने चासो धेरैको रहेन । एउटा नयाँ सघ दर्ता गर्ने, सामान्य प्रतियोगिता खोजेर भाग लिने, अनी त्यसैको प्रचार गर्ने प्रबृती पनि यसै कार्यकालमा देखियो । परिषद्बाट अत्याधीक रकम लिने र परिषद् नेतृत्वको जयजयकारमा दिन विताउने ठूलो झुण्ड तयार गरियो । तत्कालीन नेपाल खेलकुद महासंघका कार्यबाहक अध्यक्षको रुपमा सदस्य सचिव भएका विष्टको यही शैलीले आजित एक ब्यक्ति भन्छन्, एक दलको एउटा गुटको ‘ राजनितीक डम्पीङ साइट’ रुपमा स्थापीत खेलकुद महासंघ अहिले एकीकृत भए पनि त्यही साघुरोँ गुटमा अलमीलने मध्यबाट जहाँ पुगे पनि त्यो क्षेत्र नै नयाँ डम्पीङ साइट हुनुको विकल्प नै रहदैन ।

प्रतिक्रिया दिनुहोस्