Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

विपद् ब्यबस्थापन सम्बन्धी सम्मेलन सोमबारबाट



विपद् व्यवस्थापन, पुनर्निर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।
सम्मेलनमा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधि तथा विज्ञको सहभागिता रहनेछ। यस्तै, चीनका प्रतिनिधि पनि सहभागी हुने जनाइएको छ ।
सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि र त्यसको दिगोपनासम्बन्धी विशेष प्रस्तुति दिने कार्यक्रम छ । यस्तै, विज्ञहरु, गाउँपालिका र नगरपालिका प्रमुखको पनि प्रस्तुति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्