Logo
१६ फाल्गुण २०७७
(Sunday 28th February 2021)

विज्ञापन रद्ध गर्न निर्देशन



प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । सोमवार बिहान बसेको समिति बैठकले यस्तो निर्देशन दिएको हो ।
समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँगको छलफल गरे लगत्तै तत्काल विज्ञापन रद्द गर्न निर्देशन दिएको श्रोतले जनाएको छ । लोक सेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारी पूर्तिगर्नका लागि विज्ञापन गरेपछि चौतर्फी बिरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्