Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

सारेगमप लिटल च्याम्प्समा प्रीतम तेश्रो



भारतीय टेलिभिजन च्यानल ’जिटिभी’ बाट प्रसारण भएको ’सारेगमप लिटल च्याम्प्स’ को आइतबार भएको फाइनलमा इटहरी–५ का एघार वर्षीय प्रितम आचार्य तेस्रो भए । छ जना सम्मीलीत फाइनल चरणमा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन् । यो प्रतियोगितामा सुगन्धा दाते पहिलो तथा मोहम्मद कैफ दोश्रो भए ।प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी ’रियालिटी शो’ को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई नेपालीले आइतबारको ’ग्रान्ड फाइनल’ मा पनि निर्णायक र पाहुनाहरूको वाहवाही बटुले ।
कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूआतदेखि नै निर्णायक मण्डल र ’सेलेब्रिटी’ पाहुनाहरूको मन जित्दै आएका थिए । यस विचमा उनले गाएको ’सन्देशे आते हैं’ र ’तडप तडपके’ गीत खुबै रूचाइएका थिए ।
प्रितमले आफ्नो सुमधुर आवाजबाट गृहजिल्ला सुनसरीमा धेरैलाई ’मन्त्रमुग्ध’ पार्दै आएको पाँच वर्षभन्दा बढी भइसकेको छ । पाँच वर्षको उमेरमा राम्ररी बोली नफुट्दै उनी स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा गीत गाउँथे ।
जिटिभीको प्रतिस्पर्धामा नेपाली गीत गाउन लगाउँदा उनले नारायण गोपालकै गीत सुनाएका थिए । यसअघि कान्तिपुर टिभीको ‘सुरशाला’ मा पनि उनले नारायण गोपालकै गीत गाएका थिए । प्रितमलाई कान्तिपुर टेलिभिजनको ‘सुरशाला आइडल जुनियर’ को प्रतिस्पर्धामा डोह¥याउने काम भने संगीतकार बलराम समालले गरेका थिए ।
प्रीतम इटहरी–२ स्थित संगीत साधना प्रतिष्ठानमा भर्ना भएका थिए । प्रतिष्ठानका गुरू राजु केसीले प्रितमलाई ’गाइड’ गरका थिए । सुरशाला संगीत प्रतिष्ठानले नै नौ महिनाअघि प्रितमलाई जिटिभीको कार्यक्रम निम्ति आवेदन भर्न लगाएको थियो । ’सुरशाला’का अमृत क्षेत्रीले प्रितमलाई कार्यक्रममा प्रतिस्पर्धा गराउन आफैं अगुवाइ गर्दै परिवारसँग अनुमति मागेका थिए ।
सुरशाला एकेडेमीले नेपालबाट दुई बाल प्रतिभा आयुष केसी र प्रितम लाई जिटिभीमा सिफारिस गरेको थियो । यसका लागि दुवैले गाएका गीतका भिडिओ प्रतिष्ठानले सारेगमपमा पठाउको थियो । जिटिभीले उनीहरूलाई पहिलो चरणको अडिसनबिना सोझै दोस्रो चरणका लागि दिल्ली बोलाएको हो ।
दोस्रो चरणको अडिसन दिन आयुष र प्रितमसँगै अरू ८ जना नेपाली केटाकेटी दिल्ली गएका थिए । यी मध्य ‘लेभल टू’ मा आयुष र प्रितम मात्र छानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्