Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

प्रथम महिला सगरमाथा आरोहीकी छोरी राजदुत हुदैं



प्रथम महिला सगरमाथा आरोही पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा स्पेनकी राजदुत हुने भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका राजदूत सिफारिस गरेको थियो । यो मध्य दावा स्पेनको राजदुत सिफरिस भएकी हुन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीचको सहमतीमा परराष्ट्र सेवा बाहिरका चार जनालाई राजदूत सिफारिस गरिएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कतार र स्पेन, दाहालले अष्ट्रेलिया र नेपालले बंगलादेशका राजदूत भागबन्डा गरेका हुन् । यी तीनको सहमती अनुसार महेशप्रसाद दाहाल (अष्ट्रेलिया), नारद भारद्वज (कतार), दावाफुटी शेर्पा (स्पेन) र वंशिधर मिश्र (बंगलादेश) राजदूत सिफारिस भएका हुन्।
काका आङछिरिङ शेर्पाको दावा राजदुत सिफारिसमा महत्वपूर्ण भुमिका रहेको थियो । ३४ वर्षकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन् । उनी अहिले पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन् । यसअघि पूर्वमन्त्री कृपासुर शेर्पा फाउन्डेसनका अध्यक्ष थिए । शेर्पाले नै धुम्बाराहीस्थित भवन फाउन्डेसनकै भवनमा नेकपाको केन्द्रीय कार्यालय राख्न दिएका थिए ।
नेपालको आन्तरिक र कूटनीतिक मामिलाबारे त्यतिधेरै जानकारी नराख्ने दावाफुटीलाई प्रधानमन्त्री ओलीले आङछिरिङसँगको सम्बन्धका कारण राजदूत सिफारिस गरिएको जनायएको छ ।
फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित यति एअरलायन्सका सञ्चालक आङछिरिङ शेर्पाको पनि निधन भएपछि एअरलायन्सको जिम्मेवारी उनका दाजु लाक्पा सोनाम शेर्पाले सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्