Logo
Logo

कैलालिका हावाहुरि पिडित परिवारलाई प्रदेश सरकारले डेढ लाख दिने



गएको बिहीबार हावाहुरीबाट मृत्यु भएका दुई जनाको परिवारलाई सुदुरपश्चिम प्रदेश सरकारले जनही डेढ लाख रुपैयाँ राहत दिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई राहात स्वरुप प्रति परिवार एकलाख पचास हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी गराएका छन ।

प्रदेश सरकारले हावाहुरीका कारण पूर्ण क्षति पुगेका परिवारलाई क्षतिपुर्तिस्वरुप २० हजारका दरले राहत वितरण गर्ने तथा आशिंक क्षति भएका परिवारलाई १० हजार राहत दिने निर्णय गरेसगै जनतालाई राहत सम्म पुगेको छ।

त्यस्तै पशुपंक्षी, कृषिलगायतका अन्य क्षेत्रमा भएको क्षतिको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धित मन्त्रालयले राहत वितरण गर्ने साथै प्रदेश सरकारले विभिन्न संघसंस्थाबाट आउने राहत मुख्यमन्त्री राहत कोष मार्फत वितरण गर्ने निर्णय पनि गरेको छ ।

गत बिहीबार ठूलो हावाहुरी चल्दा कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको थियो भने सयौँ घरमा क्षति भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको