Logo
Logo

मेयर सापको सपनीमा; रसुवालि कबि



जाबो जिन्दगी
एक बोतल बियर झै छ
पिउनै नपाइ सकिने

मेयर सापलाइ छोटो लागीरहेछ
यो दिब्य पाँच बर्ष
एउटा घडेरी भन्दा भन्दै सकिने
एउटा डोजर भन्दा भन्दै सकिने
छोरोलाइ अस्ट्रेलिया पठाउने कहिले
छोरीको बिहे गरिदिने कहिले
भान्जी ज्वाइको रिन तिर्ने कसरी
पार्टीका साथीलाई लापलुप्प गराइदिने के गरि

सपनाहरु आफै तर्साउछ्न मेयर सापलाइ

एउटा मतदाता आउँछ
र सित्तैमा बनाउन खोज्छ नागरिकताको सिफारिस
यसो हेर्नू पर्दैन त्यसले कुर्सीतिर?

छिमेकी आउँछ
बिथ्थामा पार्न खोज्छ खानेपानीको बजेट
मेयर सापलाई भाग छुटाउन पर्छ कि पर्दैन?

फूपुको छोरालाई डोजर लगाउन पठायो
कमिसन उ मात्र खान्छ
दाइको त बालै छैन

बिहे दर्ता
सम्बन्ध बिच्छेद
घर कर
भैंसी कर
बाख्रा पालन कर
यी त सरकारी भैहाले

बडो तनाव छ मेयर सापलाई

राजनीतिमा लागेको बीस बर्षपछि
मेयर सापको हातमा परेको हो लडडु
लड्डुमा त कमिला रहेछ्न
लड्डुभरिका कमिलाहरु
कति दु:ख दिइरहेका छन
हेर्नुस त गापाको अफिसतिर

जाबो पाँच बर्स त
डोजरको डाडु जस्तो लाग्छ
खन्छ मेयर सापको जिन्दगी
भिरालो बनाउछ मेयर सापका सपनाहरू ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका