Logo
१९ असार २०७८
(Saturday 3rd July 2021)

उपसचिव नै परे निलम्बनमा



संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा हाजिर नभएको कारण उपसचिव सुमनकुमार कार्की दुई महिनाको लागि निलम्बनमा परेका छन ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले हस्ताक्षर गरेको निलम्बन पत्रमा जेठ १ गते सरुवा गरे पनि कार्की नगएको कुरा उल्लेख छ। नगरपालिकाबाट सरुवा गरी कार्कीलाई दार्चुला पठाईएको थियो। सरुवा भएको २१ दिनभित्र पनि कार्की हाजिर हुन नगएको, लिखित र मौखिक रूपमा तीन दिन भित्र हाजिर हुन निर्देशन दिए पनि अवज्ञा गरेपछि निलम्बन गरिएको मन्त्रालयले बताएको छ।

‘आर्थिक वर्षको अन्त्यतिर प्रशासकीय अधिकृतलाई किन सरुवा गरिएको हो यो कुरा भने बुझ्न सकिराखेको छैन ।मन्त्रालयले प्रशासकीय अधिकृतलाई यसअघि पनि पटक पटक सरूवा गरे पनि नगरपालिकाले रोक्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्