Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

‘क्यान्सर लाग्छ’ भन्दै बिजुलीको तार टाँग्न बिराटनगरमा जनताले गरे अबरोध




बिराटनगर, ‘क्यान्सर लाग्छ’ भन्दै सार्वजनिक बाटोमा बिजुलीको हाइटेन्सन तार टाँग्न जनताले बाधा अबरोध जनाएका छन । स्थानीय सांसदले समेत ‘क्षतिपूर्ति नदिएसम्म जनता मान्दैनन्’ भन्दै लाचारी प्रकट गरे । अन्ततः ३ किलोमिटर तारको बाधाअड्काउ, फुकाउन ऊर्जामन्त्री वर्षमान पुनले नै जाने भएका छन ।

मोरङको कटहरी सब स्टेसनमा सार्वजनिक बाटोमा बिजुलीको तार टाँग्न नदिइएको घटना हो भख्खरको कुरा हो ।

तर, नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख बोधराज ढकाल सब स्टेशनको विद्युत बिस्तारको काम अन्तिम समयमा आएर लाइनको रुट परिवर्तन हुनै नसक्ने बताउदै आएका छन । उनले स्थानीयले भनेजस्तो वस्तीबाट प्रसारण लाइन विस्तार गरेको नभइ सकडको किनाराबाट ल्याइएको र जनतालाई असर नपर्ने कुरा समेत बताए । ०७४ को चुनावमा त्यस क्षेत्रका उद्योगीले अमनलाल मोदीलाई असहयोग गरेको र त्यसकै रीस पोख्न सांसद मोदीले पनि स्थानीयलाई देखाएर आयोजनाको काम रोकेको आरोप विद्युत प्राधिकरणका अधिकारीहरुको आरोप लगाएका छन ।

स्थानीयवासीको मागअनुसार उनीहरुलाई क्षतिपूर्ति दिएर वा रुट परिवर्तन गरेर समस्या समाधान गर्न सकिने सांसद मोदीले विकल्प दिदै आएका छन । तर, सार्वजनिक बाटोमा समेत बिजुलीको पोल टाँग्न नदिनु त विकासविरोधी तरिका भएन र भन्ने प्रश्नमा सांसद मोदी भन्छन्- यो चानचुने कुरा होईन । ३३ केभी हाइटेन्सनको लाइन भएकै कारण जटिलता देखा परेको कुरा बताए । अहिले पनि म केही भन्दिनँ तर, जनताले नै मान्दैनन् । बरु मैले क्षतिपूर्ति दिएर मिलाउनोस् भनेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्