Logo
(Friday 20th May 2022)

धर्म–सन्देश’–को लोकार्पण



राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीको तेस्रो पुस्तकाकार कृति ‘धर्म–सन्देश’ भारत उत्तर प्रदेशको गोरखपुरस्थित गोरक्षा पीठमा आयोजित भव्य सन्तसभा–चिन्तन बैठकका बीच माघ १८ गते लोकार्पण गरिएको छ । प्रसिद्ध भारतीय योगी एवम् भारतीय लोकसभा सदस्य आदित्यनाथद्वारा उक्त पुस्तकको लोकार्पण भएको हो ।

लगभग दुई हजार भारतीय विद्वान सन्तहरु र हिन्दू धर्म हिमायती चर्चित विद्वानहरुको उपस्थितिमा सम्पन्न लोकार्पण सभारोहमा विश्व हिन्दू परिषदका नेपाल प्रभारी स्नेपलजी, बालसन्त श्रीनिवासाचार्य, विश्व हिन्दू परिषदका केन्द्रीय सचिव कासिन्द्र यादव, विद्वान धर्माचार्य डा। शंकर पाण्डे तथा महन्त लक्षण दासीले टिप्पणी गर्नु भएको थियो ।

दुई हजारबढी विशिष्ट भारतीय सन्त एवम् धार्मिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको सो पुस्तक लोकार्पण समारोहमा लेखक इन्द्रप्रसाद ओलीले वर्तमान नेपालमा वैदिक सनातन हिन्दू धर्म–संस्कृतिको परमवमुखी अवस्था र राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका अविच्छिन्न क्रियाकलाप बारे विज्ञप्ति जारी गर्नु भएको थियो । प्रस्तुत विज्ञप्तिलाई भारत उत्तर प्रदेशका लोकप्रिय दैनिक ‘अमर उजाला’ लगायतका अखवारहरुले महत्वका साथ सचित्र प्रकाशमा ल्याएका थिए ।

१२८ पृष्ठको पुस्तक ‘धर्म–सन्देश’ मा लेखक ओलीका विभिन्न समयका हिन्दू धर्मको वर्चस्व संरक्षण सम्बन्धी १२ वटा लेख–निबन्धहरु र वैदिक हिन्दू धर्म–संस्कृति र यसका परम्पराहरु सम्बन्धी विस्तृत जानकारी मूलक लगभग पाँच सय प्रश्नोत्तर र समावेश छन् ।

पुस्तकका बारेमा नेपाली सेनाका पूर्व प्रधान सेनापति रुक्माङ्गद कटवाल, संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्व राजदूत जयराज आचार्य, झापा जिल्ला शिक्षा कार्यालयका उपसचिव उद्धव विष्ट, साहित्यकार एवम् पुराना सञ्चारकर्मी नकुल काजीका शुभकामना सहित सकारात्मक टिप्पणीहरु समाविष्ट छन् । झापामै छापिएको यो पुस्तकको मूल्य रु २००÷– ९भारतमा रु १५०÷–० राखिएको छ ।
स्वधर्म–संस्कार र संस्कृतिका प्रति अनुराज राख्ने नेपालीका लागि प्रस्तुत पुस्तक पठनीय एवम् संग्रहनीय छ ।

प्रतिक्रिया दिनुहोस्