Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

खड्काको प्यानल नै विजयी



चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । शनिबार भएको सङ्घको निर्वाचनमा उनको प्यानलले नै जित हात पारेको हो । कुल ३८७ मतदाताले मतदान गरेकोमा खसेकोमा खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरे । खड्काले २१८ मत प्राप्त लामिछानेले १६१ मत प्राप्त गरिन् ।
त्यस्तै उपाध्यक्ष पदमा रेजिना उप्रेती र सानुकुमार ताम्राकारले जित हात पारे । उनीहरूले क्रमशः २४३ र १७५ मत प्राप्त गरे । उप्रेती खड्का प्यानलको उम्मेदवार हुन् । त्यस्तै खड्का प्यानलबाट उम्मेदवार रहेका विनोदकुमार भट्टराईले ९६ मत मात्र प्राप्त गर्दा अर्का उम्मेदवार मनोज केसीले १४२ मत प्राप्त गरे ।
महासचिवमा पनि खड्का पक्षीय उम्मेदवार चेतबहादुर सिंहले जित हात पारेका छन ्। उनले १८७ मत प्राप्त गर्दै जित हात पार्दा अर्का उम्मेदवार सञ्जय खतिवडाले १५६ मत प्राप्त गरे । सचिवमा पनि सोही प्यानलकी पनाह अधिकारी विजयी भएकी छन् । उनले १९४ मत ल्याउँदा कविता गेलाल शर्माले १६९ मत ल्याइन् ।
सहकोषाध्यक्षमा पनि खड्का पक्षीय उम्मेदवार पवित्रा आचार्य विजयी भएकी छन् । उनले २२० मत प्राप्त गरिन् । सहकोषाध्यक्ष पदका अर्का उम्मेदवार डिबी बमजनले १३३ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा यसअघि नै सुनील कटुवाल निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्