Logo
१५ मंसिर २०७७
(Monday 30th November 2020)

मौषम खराब भए पछि सिन्धुलीमा आकस्मिक अवतरण



सोलुबाट काठमाडौंका लागि उडेको सिम्रिक हेलिकप्टर सिन्धुलीमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराबीका कारण सिम्रिक एयरलाइन्सको हेलिकप्टर सिन्धुली अवतरण गरेको प्रहरीले जनाएको छ । नम्बरको सिम्रिक एयरको सो हेलिकप्टर काठमाडौं आउँदै गर्दा मौसम खराब भएपछि सिन्धुली अवतरण गरेको थियो । सोलुबाट काठमाडौं उडेको हेलिकप्टर सिन्धुलीमा शनीबार साँझ अवतरण भएको जनाइएको छ ।

आइतबार बिहान पनि मौसम सुधार नहुँदा हेलिकप्टर काठमाडौं उडाउन सकेको छैन । हेलिकप्टर सिन्धुली अस्पताल अगाडिको खम्बे चौरमा राखिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्