Logo
०२ जेठ २०७८
(Sunday 16th May 2021)

वाइडवडी खरिद प्रकण सेलाउन नपाउदैं अर्को घोटाला




नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरण सेलाउन नपाउँदै निगमकै न्यारोबडी खरिदमा घोटाला भएको खुलासा भएको छ । चार वर्षअघि ए ३२०–२०० सिरिजका विमान किन्दा अनियमितता भएको खुलेको हो । यो प्रकरण संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले बाहिर ल्याएको हो । यही समितिले अहिले ए ३३०–२४३ वाइडबडी विमान खरिद प्रकरणमाथि पनि छानबिन गरिरहेको छ ।
ए ३२०–२०० सिरिजका न्यारोबडी जहाज किन्दा खरिद प्रक्रिया मिचिएको र बजार मूल्यभन्दा बढी रकम तिरेर अर्बौं रुपैयाँ घाटा लगाइएको समितिको निचोड छ ।
वाइड बडी जहाज खरिदमा संसद्को सार्वजनिक लेखा समितिले चार अर्ब ३५ करोड रुपैयाँ अनियमितिता भएको निष्कर्ष सहतिको प्रतिवेदन तयार पारेको थियो । यसबारे संसदीय समितिसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।
यो प्रकरण टुंगोमा नपुग्दै न्यारो बडी घोटाला बाहिरिएको हो । ए ३२०–२०० सिरिजका न्यारोबडी जहाज किन्दा नेपाल वायुसेवा निगममा मदन खरेल महाप्रबन्धक थिए । उनी अहिले निगममा कार्यकारी अध्यक्ष छन् ।

प्रतिक्रिया दिनुहोस्