Logo
Logo

बलेफीमा झाडाको प्रकोप



सांकेतीक तस्बिर
सांकेतीक तस्बिर

सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० भन्दा बढी विरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको छ ।

विरामीको खाडिचौरस्थित सिन्धु सदबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै बेडमा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको छ ।
विरामी हुनेमा विन्जेलको पनि मुलाबारीका धेरै छन् । मुलाबारी भुजेलहरुको बस्ती हो । शुक्रबार गाउँमै भएको बिहेमा गाउँलले भोज खाएका थिए । शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो । फुड पोइजन भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सँगै, पानीका कारण महामारी फेलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताए ।
विरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केहीको स्थिति गम्भीर छ । गाउँबाट विरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको छ । गम्भीर विरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको